क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरीबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार उनीहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ गरिएपछि उनीहरूमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरीले बताए । यद्यपी उनले पक्राउ के कारणले गरिएको भन्ने खुलाएनन् ।















