क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । विष्णुपुर गाउँपालिका-६(रंजितपुर) घर भएका विपन्न दिनेश सदाकी आमाको क्रियाखर्च गर्नलाई सप्तरी युथद्वारा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव र समाजसेवी विष्णु यादवले सदा परिवारलाई चामल,दाल, तेल, नुन, चुईरामुरही, लगायतका खाद्यान्न सामग्री समेत उपलब्ध गराएका छन् ।
साथै, हजुरआमाकी स्याहार गरिराखेकी नातिनीलाई चिसोले गर्दा भएको प्यारालाइसिसका उपचारका लागि समेत २५०० नगद विष्णु यादवले सहयोग गरेका हुन् ।
दुई साताअघि दिनेश सदाकी आमा बिरामी हुँदा स्याहार गरिराखेकी कान्छी छोरीलाई चिसोले गर्दाखेरि प्यारालाइसिस भएपछि उपचाररत थिए । छोरीलाई प्यारालाइसिसको उपचार गराईराखेका समयमा दिनेश सदाकी आमाको समेत निधन भएपछि परिवार शोकमग्न थिए ।
छोरीलाई प्यारालाइसिस र आमाको निधन भएपछि उपचार र क्रिया खर्च समेत जुटाउन कठिनाइ भइरहेको दिनेश सदाकासमाचार माध्यमबाट सावधानी भएपछि सहयोगीहरूले सदालाई आर्थिक सहयोग गर्दै आएका छन्।
समाचार सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष उमेश यादवले प्रथम चरणमा १० हजार रुपैयाँ आर्थिक सहायता घरमै पुगेर दिलका थिए ।















