क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालमा ठप्प रहेको एचडियु र एनआइसियु सेवा पुनः सञ्चालनमा आएको छ ।
अस्पताल प्रशासनले दुवै वार्डको सेवा बुधबारबाट सुचारुमा आएको जानकारी दिएको छ ।
गत बर्ष फागुनदेखि कर्मचारी आभाव रहेकोले एचडीयुसेवा बन्द रहेको थियो । कात्तिकमा एनआइसियु वार्डको बल्ब झरेर उपचाररत शिशुलाई लागेपछि एनआइसियु समेत ठप्प भएको थियो ।
अस्पतालमा यी सेवा ठप्प भएपछि सप्तरीका बिरामीलाई सघन उपचार गराउन अन्तै जानुपर्ने बाध्यता रहेको थियो । गजेन्द्रनारायण सिंह अस्पतालमा सेवा सुचारु भएपछि यहाँका स्थानीयलाई उपचार गराउन सहज हुनेछ ।















