क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टको परिक्रमा गरेर मधेशी दल पतन भएको बताएका छन् । शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले मधेशी पार्टीहरुले जनतासँग धोका गरेको जिकिर गरे ।
मधेशवादको नाममा भोट लिएर काठमाडौंमा कांग्रेस, क्म्युनिष्टको परिक्रमा गर्ने धन्धा गरेको बताए । जेनजी आन्दोलनले बनेको सरकारले जेनजीको माग सम्बोधन नगरेको समेत उनले आरोप लगाए । यो आन्दोलनको उपलब्धि मात्र निर्वाचन हुन नसक्ने बताए। नेपाली कांग्रेस र एमालेको नेतृत्व परिवर्तन नभइ विचारले मधेश हेरिएको उनको जिकिर छ ।
चर्चित मलेठ घटनाले मधेशवादी दललाई एक हुन भनेपछि सदभावना पार्टीको नाम समेत त्याग्न आट गरेको महतोले बताए । नेपाली कांग्रेस र कम्युनिष्टको ३५ बर्षको शासनले जन्माएको असन्तुष्टिले जेनजीको अवस्था ल्याएको बताए ।
पत्रकार सम्मेलन कार्यक्रम जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य विकास तिवारी पनि राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरे । यता सप्तरीमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सम्बद्ध पक्षले गरिरहेको आन्दोलनलाई समेत रिले अनसन गरिरहेको स्थानमा पुगेर समर्थन गरे ।















