Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । तिलाठी कोईलाडी गाउँपालिकामा बुधबार जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति २०८२ को प्रमाणिकरण कार्यशाला सम्पन्न भएको छ ।
सप्रोस नेपाल र दिदी बहिनीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार पारिएको कृषि नीतिमा जलवायु–मैत्री अभ्यासहरूको प्रयोग र प्रवर्धन गर्ने, स्रोतमा लैङ्गिक उत्तरदायी पहुँचको प्रवर्धन गर्ने, दिगो विकासका लागि सिर्जनात्मक कार्यहरुलाई सहयोग प्रदान गर्ने र प्राथमिकता दिने, समावेशी निर्णय प्रक्रिया निर्माण गर्ने र नेतृत्व विकासमा सहयोग पुर्याउने,सामाजिक सुरक्षा तथा सुरक्षा सञ्जालहरू प्रति समर्थन र चेतना प्रवर्धन गर्ने, क्षमता विकासमा सहयोग गर्ने र ज्ञान आदान प्रदान गर्ने स्थानहरु निर्माण गर्ने, अनुगमन गर्ने, उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत साझेदारी समीक्षा गर्ने जस्ता प्रमुख नीतिहरु तय गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले तयार पारिएको नीतिले गाउँपालिकाको कृषि क्षेत्रको समग्र विकासका लागि सहयोगी हुने बताए । अध्यक्ष मण्डलले नीति निर्माण प्रक्रियामा सबैको पहुँच पु¥याउने र दिगो कृषि प्रणाली विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले नीतिलाई प्रभावकारी ढंगबाट लागू गरि कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै पालिकाबाट गर्नुपर्ने कार्यकालागि सदैव तत्पर रहेको बताए ।
वैदेशिक रोजगारको कारणले मानब संसाधनको कमि, जलवायु केन्द्रित गतिविधिमा स्थानीय पोखरीमा सहयोग गर्नु पर्ने, स्थानीय र रैथाने बीउलाई प्राथमिकिकरण गर्ने र बीउ बैङ्कको अवधारणालाई बढाउने, खडेरी र बाढी प्रतिरोधात्मक बाली तथा उत्थानशील पशुपालन अभ्यासहरूको अंगीकरणलाई प्रवर्धन गर्ने, संरक्षित कृषि प्रणाली, माटो उर्बरता व्यवस्थापन र पानीको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने जस्ता कार्यनीति समेटिएको कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
गाउँपालिका भित्र कृषि तथा पशुपालन क्षेत्रमा जलवायु परिवर्तनका कारण महिला, दलित, सीमान्तकृत भूमिहीन तथा युवा किसानहरुले भोगिरहेको बढ्दो चुनौतीहरुको समाधान गर्ने उद्देश्यका साथ सञ्चालित कार्यक्रममा गाउँपालिकाका सबै वडाका प्रतिनिधिहरुको साथै महिला, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत समूहका किसान प्रतिनिधि लगायत यस गाउँपालिकाको बिषयगत शाखाहरुबाट सहभागिता रहेको थियो ।
यस नीतिले तिलाठी कोईलाडी गाउँपालिका भित्र कृषि तथा पशुपालन क्षेत्रमा जलवायु परिवर्तनका उत्पन्न विभिन्न समस्या र चुनौतीहरुको बारेमा कार्यक्रम अधिृकत झा प्रस्तुतिकरण गरेको थियो । साथै यस्ता चुनौतीहरुबाट किसानहरुलाई पर्न सक्ने मारलाई सम्बोधन गर्न जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी नीतिको महत्वबारे छलफल गरियो ।
कार्यक्रममा सहभागीहरुले जलवायु–स्मार्ट प्रविधिको प्रभावकारी प्रयोग, स्थानीयस्तरमा लैङ्गिक उत्तरदायी योजना निर्माण तथा सहकार्य सुदृढ गर्न सम्बन्धित निकायहरुबीच समन्वय बढाउनुपर्ने वक्ताहरुले आवश्यकता औँल्याएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहको अध्यक्षता तथा पालिका अध्यक्ष अरुण कुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा परामर्शदाता डा राजु छेत्रीले जलवायुको असर घरधुरी र जीविकामा परेको स्वीकार्दै यो नीतिले आउने दिनमा किसानलाई राहत, विद्युतीकरण, बीउ र हाल उत्पादनलाई दिवा खाजा सहित बजारसम्ममा जोड्न मद्दत गर्ने धारणा ब्यक्त गरे ।
सो कार्यक्रममा सप्रोस नेपालका विजय कार्की, ऊँ सृजन कृषि सहकारी संस्थाका ब्यवस्थापक सम्बोध झा, सेभ द सप्तरीका सत्यनारायण थारुसहितकाले यस नीतिले कृषि तथा पशुपालन क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रम गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख किशोर कुमार झो सञ्चालन गरे ।

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology