क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित सेफ डायग्नोस्टिक ल्याबमा सोमबार बिहान तोडफोड भएको छ ।
सुभाष सिंह सहित आएका केही व्यक्तिले ल्याबमा तोडफोड गरेको ल्याबका संचालक देवेश दत्तको आरोप छ ।
सिंहलाई ऋण भन्दा तेब्बर रकम तिर्दा समेत पैसा लिनलाई ल्याबमा तोडफोड गरेको दत्तले बताए ।
‘सुभाषसँग दुई वर्ष अघि पटकपटक गरि जम्मा दश लाख रुपैयाँ ऋण लिएको थिए जसमा ३१लाख रुपैयाँ तिरेछु तरपनि उसले पैसा मागिरहेछ,’ देवेश दत्तले भने, ‘पैसा तिरेको बैंक स्टेटमेन्ट छ, मैले अब तिर्न सक्दिन भने तर आज गुण्डा ल्याएर मेरो ल्याब तोडफोड गर्यो ।’
तोडफोडमा २० लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको सञ्चालकके दाबी गरेका छन् ।
यता तोडफोड घटनामा संलग्न भएको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।















