क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिका–२स्थित छिन्नमस्ता अस्पताल पछाडिबाट सप्तरी प्रहरीले ६० बोरा अनुदानित मल बरामद गरेको छ ।
बिहिबार साँझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट प्राप्त ६० बोरा पोटास फालेको अवस्थामा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेश १-००१च ०७१४ नम्बरको पीकअपमा अनुदानित मल लैजाँदै गर्दा दुई /तीन जना स्थानीयले गाडी घेरेपछि मल फ्यालेर गाडी सवार फरार भए । प्रतक्ष्यदर्शीले मल फालेको बारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले मल नियन्त्रणमा लिएको छ ।
प्रतक्ष्यदर्शीले मल लैजाँदै गरेको गाडी चालकसँग वडाको सिफारिस तथा मल कहाँबाट ल्याएकोबारे सोध्दा उनीहरू मल फ्यालेर फरार बनेको थियो ।















