विपिन यादव
राजविराज । छिन्नमस्ता गाउँपालिका –५ लोखरममा हैजाको प्रकोप देखिएपछि स्वास्थ्यकर्मीको टोली निरन्तर २४ घण्टै सेवा दिइरहेका छन् । स्वास्थ्य चौकीदेखि पालिकासम्मको स्वास्थ्यकर्मी प्रभावित स्थलमा निरन्तर खटेको छ । सोमबार त्यहाँका तीनै टोलमा सेनिटाइजेशन गरिएको छ । यसले किटाणुहरु नष्ट हुने लोखरम स्वास्थ्य चौकीका इन्चार्ज आलोक रंजन झाले बताए ।
पालिका तथा दातृ निकायको सहयोगमा सो टोलका बासिन्दालाई सरसफाई सम्बन्धी सूचनादेखि साबुन, पानीसम्म वितरण गरिएको पालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए ।
वडाकै युवाहरुको सहयोगमा निरन्तर सो वडा र पालिकाको अन्य वडामा पनि जनचेतना फैलाउने कार्य भइरहेको बताए।















