क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा प्रहरी अगाडीमै तोडफोड गरिएको छ
अस्पतालमा वाक्लो प्रहरीकै अगाडि केही युवाहरुले आगजानी तथा तोडफोड गरेका हुन् ।
बेलुका एनआइसीयु वार्डको बल्ब झडेर आजै जन्मेर अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको बालकमाथि लागेको थियो । त्यसपछि आएको १०/१२ जनाको समुहले अस्पतालमा विवाद गर्ने प्रयास गर्दै थिए । आक्रोशित हुँदै आएका एकजनाले अस्पतालका निमित्त मेसु दिलिप साहलाई हातपातको प्रयास समेत गरेको थियो । त्यसपछि यहाँ व्यापक प्रहरी परिचालन गरिएपनि देख्ने बाहेकको काम गरेको छैन् । अस्पतालमा उनीहरूले अराजक शैलीमा प्रहरी अगाडि तोडफोड गर्दा प्रहरी मुकदर्शक बनेको देखियो ।
यसबारे बुझ्न खोज्दा सप्तरीका एसपी गौतम कुमार केसीलाई पटकपटक सम्पर्क गर्दा फोन उठाएन ।















