क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । भारतमा हुने विधान सभा आम निर्वाचनका क्रममा सिमावर्ती नाका अस्थायी रूपमा बन्द हुने भएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी डुबराज पोखरेलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनको लागि नाका बन्द गरिने निर्णय गरेको हो ।
२०८२ साल कात्तिक २५ गतेका दिन भारतका विभिन्न राज्यमा हुने विधान सभा निर्वाचनको मतदानलाई मध्यनजर गर्दै सिमानाका बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख छ ।
नेपाल–भारत सम्बन्धी बैठकमा भएको सहमति अनुसार, सिमासँग जोडिएका नाका २०८२ कात्तिक २३ गते राति १२ बजेबाट २०८२ कात्तिक २५ गते राति ११ बजेसम्मका लागि बन्द गरिने सूचनामा उल्लेख गरिएको छ। यस अवधिमा सप्तरी जिल्लाको भारतको बिहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सबै नाका हुँदै हुने आवतजावत निषेध गरिएको छ।















