रुपेश यादव
सप्तरी । सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ताको संयुक्त पहलमा हैजा पिडिति परिवारवार लाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
हैजा संक्रमणबाट मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका – ५ लोखरम टोलका बुचन सदालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउँट पोस्ट छिन्नमस्ता र विपद् व्यवस्थापन महाशाखामा कार्यरत प्रहरी हवलदार रोजकुमार गोलेको पहलमा २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
दोलखामा संचालित एस. चाईनिज किचेनको संचालक दम्पति साङ्यो योङजन र निमा मोक्तानले पठाएको पैसा पिडित परिवारलाई सशस्त्र प्रहरी निरिक्षक सन्तोष न्यौपानेले र पालिका अध्यक्ष विद्यानन्द चौधरीको उपस्थितिमा प्रदान गरिएको हो ।
दलित समुदायको स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीवको अघिल्लो बिहीबार मृत्यु भएको हो । संजीवसँगै बुचनका ६६ वर्षीय बुवा लक्ष्मण, ४ वर्षीया छोरी राघिनी पनि झाडापखालाले मृत्यु भएको छ ।
समुदायमा झाडापखाला फैलिएपछि चेकजाँच पछि फैजा भएको पालिकाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएछन । हैजा नियन्त्रणमा यतिबेल सबै पक्ष लागिपरेका छन् भने हैजा नियन्त्रणनै भईसकेको छैन ।















