क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएको छ । कार्यपालिका बैठकले उनको राजीनामा स्विकृत गर्ने निर्णय गरेको पत्र बाहिरिएपछि कुरा बाहिरिएको हो ।
हामीलाई प्राप्त पत्र अनुसार आफ्नो कामको लागि असमर्थ रहेको भन्दै अध्यक्ष चौधरीले असोज ५ गते पालिकाकी उपाध्यक्ष कल्पना चौधरी समक्ष राजीनामा दिएको थियो । त्यसमा कार्यपालिका बैठकबाट निर्णय गर्ने भन्दै उपाध्यक्षले तोक लगाएकी थिइन् ।
कार्यपालिकाको बैठकले त्यसलाई स्विकृत गरेको पालिकाकी उपाध्यक्ष चौधरीले बताइन् । राजनीमा स्विकृत गर्दै उपाध्यक्षले त्यसको पत्रचार निर्वाचन आयोगमा समेत गरेको पत्र सार्वजनिक भएको छ ।
पालिका अध्यक्ष चौधरीलाई यसबारे बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन् ।















