क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । बिहिबारदेखी भइरहेको अविरल वर्षाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत असर परेको छ।
शुक्रबार बिहानदेखी दर्जनौं संख्यामा सेवाग्राही राष्ट्रिय परिचय पत्र बनाउन आउँदा साढे १० बजे सम्म कार्यालय खुल्न सकेन् ।
कार्यलय खुल्ने समय बितेको आधा घण्टा कर्मचारी नआउँदा सेवाग्राही अलमलमा परेको थियो ।
अन्य दिन १० बजे टोकन कार्य वितरण सुरु हुँदा शुक्रबार साढे १० बजिसक्दा टोकन सुरू हुन नसकेको छ ।
एक जना कर्मचारीले साढे १० बजे कार्यालय खलेपछि ‘आज किन ढिलो भएको’ पत्रकारको प्रश्नमा ‘तिमी को हूँ मलाई सिकाउने, पहिला अनुमती लिएर आउनु अनि मात्रै म संग सोधपुछ गर्ने हो ?’ भन्ने जवाफ दिए ।
आवेशमा उनले आफ्नो फोटो तुरन्त डिलिट गर्न पनि हपकाए ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसंग बुझ्न खोज्दा ‘म बुझ्ने काम गर्दैछु, बर्षाले गर्दा ढिलो भएको होला,’ भन्दै उनी फोन काटे।















