क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स क्रिकेट टिमले मधेश प्रदेशबाट खेलाडी छनोटका प्रतियोगिता आयोजना गर्ने भएको छ।
कात्तिक १४ गतेदेखि छनोट प्रतियोगिता राजविराजस्थित पवि माध्यमिक विद्यालयको क्रिकेट मैदानमा हुने जनाइएको हो । यसका लागि सप्तरी क्रिकेट संघले समन्वयको भूमिका गरिएको छ।
मैदान तयारीका काम तीव्र गतिमा भइरहेको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए । उनका अनुसार मैदानमा रहेको घाँस काट्ने कार्य बुधबार सम्पन्न गरिएको छ र टर्फ पिच तयार पार्ने अन्तिम तयारी जारी छ।
मधेश प्रदेशका क्रिकेट खेलाडीहरूका लागि यस प्रतियोगितालाई सुनौलो अवसरको रूपमा हेरिएको छ । जनकपुर बोल्ट्सले यसअघि पनि प्रदेशस्तरका प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गर्दै आएको छ।
छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मितिभित्र राजविराजमा उपस्थित हुनुपर्ने आयोजक पक्षले जनाएको छ।















