क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका–३ स्थित सकरपुरामा छठ पुजाको अवसरमा चार दिने मेला सुरु भएको छ । २५ वर्षअघिसम्म सकरपुरामा हुँदै आएकाे ‘कार्तिक-कुमर’ मेला अहिले बन्द भएकोले पुनर्उत्थान र नियमितता दिने उद्देश्यले पुन: सुरु गरिएको हो ।
लक्ष्मी तथा छठ पुजा समितिले शुक्रबार मेलास्थलमै पत्रकार सम्मेलन आयाेजना गर्दै शनिबारदेखि भव्य छठ पुजासँगै साँस्कृतिक कार्यक्रम र मेला आयाेजना सुरु हुने भएको जानकारी दियो।
गाउँलेहरुकाे आयाेजनमा हुन लागेको उक्त कार्यक्रम कार्तिक ८ देखि ११ गतेसम्म हुने समितिका संयाेजक उग्रकान्त झाले जानकारी दिए।
चार रात्रीमा नाट्य मंचन, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने छ।
स्थानीयहरुकाे स्वेच्छा चन्दा-सहयोगमा आयाेजना हुने कार्यक्रममा करिब ५ लाख खर्च हुने समितिका अगुवा भुषणकुमार सिंहले जानकारी दिए।















