क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१तिलाठीमा अष्टयाम सुरू भएको छ । शुक्रबार दिउँसो १२ बजेदेखि ग्राम देवता स्थानमा ४८ घण्टे अष्टयाम सुरु भएको हो।
अष्टयाम ‘हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे’ मन्त्रको निरन्तर उच्चारण भइरहने अष्ट्याम कार्यक्रम समितिको सल्लहाकार श्रवण वत्सले बताए ।
गाउँको कल्याणको उदेश्यले स्थानीय युवाहरुकै अगुवाइमा अष्टयाम हुन लागेको उनले बताए ।
तिहार र छठको अवसरमा बढी युवा गाउँमा हुने गरेकोले यस अवसरमा अष्टयाम गरिएको हो ।
४८ घण्टे अष्टयामको लागि स्थानीय युवासँगै विभिन्न किर्तनीया टोली पनि रहेको छ ।















