क्रान्ति केन्द्र सम्वाददाता।
राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका –८ रजपट्टी टोलमा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर स्थानीय कबिरपन्थी ७२ बर्षको राम दुलार साहको मृत्यु भएको हो ।
आइतबार बिहान एक बजेर ३० मिनेटमा उनी एक्लै बस्दै आएको कुटी तिर गोली चलेको आवाज सुनिएपछि छिमेकीले प्रहरीलाई जानकारी गराएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।
गोली चलाउने अज्ञातको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















