क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको १५औं गाउँसभा सुरु गरेको छ । गाउँपालिकाद्वारा पालिकाको सभाहलमा आइतबार आयोजित एक समारोहका वीच गाउँसभा भएको हो ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीले आर्थिक बर्ष २०८२/०८२ को ६१ करोड ९४ लाख १० हजार ७ सय ८७ रुपैयाँ बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरिन ।
उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा जनताको चाहना अनुसार छिटोछरितो सेवा प्रवाह अवलम्बन गर्ने नीति लिएको तथा प्रत्येक वडालाई १ करोड ५० लाख वडा सिलिङ विनियोजन गरिएको छ ।
स्थानीय तह संचालन ऎन २०७४ अनुसार असार १देखि १० गते भित्र गाउँसभा गर्नुपर्नेमा आन्तरिक विवादका कारण ५ महिनापछि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले गाउँसभा गरेको हो ।















