क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्वर्द्धन समितिले गत आर्थिक बर्ष २०८१/०८२मा एक करोड ४५ लाख ९८ हजार तीन सय ४४ रुपैयाँ आम्दनी गरेको छ । समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले शुक्रबार संचारकर्मीसँग कुराकानी गर्दै आयव्ययको विवरण जानकारी दिएका हुन।
त्यसमा समितिले कुल ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ नाफा गरेको उनले बताए । समितिले कर्मचारीको तलबदेखि अन्य व्यवस्थापनमा ९० लाख ६३ हजार चार सय ७२ रुपैयाँ खर्च भएको बताए ।
वली प्रदान, गाडी पुजन, मुण्डन, चन्दा, धर्माशालाको भाडा, विवाह लगायतका शिर्षकमा आउने सहयोग मन्दिरको आम्दनी रहेको हो। त्यस्तै तलब, ज्याला, सरसफाई, अतिथि सत्कार, निर्माण, सुरक्षा, यातायात लगायतका शिर्षकमा खर्च भएको छ ।
















