क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्ला प्रशासनले जिल्ला भरि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागु गरेको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सुचना जारी गर्दै
जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश नआउँदासम्म बिहान ६ बजेसम्म कर्फ्यू जारी गर्ने निर्णय गरेको हो ।
कर्फ्यू बिहिबार बिहान १० बजेदेखि वेलुका ५ बजे सम्म र वेलुका ७ बजेदेखि भोलि बिहान ६ बजे सम्म लागु हुने जनाएको छ । यी समयमा जिल्लाभरिकै सीममा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रुपमा रोक लगाइएको छ।
कर्फ्युको समयमा आपत्कालीन अवस्था बाहेक घरबाट निस्कने समेत प्रशासनले रोकेको छ । सुचना अनुसार बेलुका ५ देखि ७ र भोलि बिहान ६ बजेपछि घरबाट निस्कने पाउने देखिएको छ ।
कर्फ्यु कार्यन्वयन गराउन जिल्ला भरि प्रहरी, सशस्त्र प्रहरी, सेना परिचालन गरिएको छ।















