क्रान्ति केन्द्र सम्वाददातारा
जविराज। सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियनसहित विद्यार्थीले तालाबन्दी गरेको छ ।
बीएड चौथौ बर्षको परीक्षामा सहभागी विद्यार्थीलाई प्रयोगात्मक अंक नदिएको आक्रोशमा उनीहरूले शुक्रबार शिक्षा शंकाय र परिक्षा शाखामा तालाबन्दी गरेका हुन्।
बिहिबार साँझ प्रकाशित बिएड चौथौ बर्षको परिक्षा नतिजामा क्यामपसले एक सय ३० विद्यार्थीलाई प्रयोगात्मक अंक नदिएकोले तालाबन्दी गरेको स्ववियु सभापति रंजित यादवले बताए। तालाबन्दी भएपछि कार्यालयमा काम गरिहेका कर्मचारी भित्र थुनिएका छन्।
उनले शाखाका कर्मचारीले लापरवाही गर्दै प्रयोगात्मक परिक्षामा विद्यार्थीलाई अनुपस्थित गरेको बताए। विद्यार्थीहरुलाई प्रयोगात्मक अंक दिन माग गर्दै उनीहरू क्याम्पसमा धर्ना बसेका छन्।
क्याम्पस प्रमुख सुशिल चन्द्र कर्णले अंकको लागि समन्वय भइरहेको बताए।















