क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश गरेपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलनित बनेको छ। सोमबारदेखि सप्तरीको सदरमुकाम राजविराजसहित मधेश प्रदेशमा आन्दोलनको कार्यक्रम थालिएको छ। आन्दोलनको क्रममा मंगलबार राजविराजमा सभालाई सम्वोधन गर्दै जसपा नेपाल सप्तरीका सचिव निरज मुक्तीले वृहद् आन्दोलनको लागि सप्तरीका सबै नेताकार्यकर्तालाई आह्वान गरेका छन्।
उनले सप्तरीेको सबै पालिका तथा वडावडाका कार्याकर्तालाई आन्दोलन रह्न आह्वान गरेको छ।
‘नश्लिय न्यायालय र निरंकुश,तनासाही एमाले-काङ्ग्रेस सरकारको विरुद्ध जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव ज्युलाई सुनियोजित ढंगले आरोप लगाएको छ,’ उनले भने, ‘जिल्ला भरिका जसपा नेपालको सम्पुर्ण संगठनहरुलाई आन्दोलनको लागि तयारी अवस्थामा रहन आग्रह गर्दछौं, अब आन्दोलनको विकल्प छैन्।’
नेता मुक्तिले गठबन्धन सरकारको षडयन्त्रको एकजुट भइ प्रतिकार गर्नुपर्ने बताए।















