क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी नेपालको प्रवक्ता मनिष कुमार सुमनसहित एक दर्जन नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बबर महलबाट गौर हत्याकाण्ड बिषयमा मसाल जुलुस निकालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
जसपा नेपालका तीन जना बहालवाला सांसदसहित केन्द्रीय नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
मधेश प्रदेशका सांसद सुमन, किरण साह र लुम्बिनी प्रदेश सासंद अम्बिका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै जसपाको केन्द्रीय सदस्य डा.बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियासहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जसपा सप्तरीका सचिव निरज मुक्तीले बताए।
















