क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । ‘हाति घोडा पालकी, जय कन्हैया लालकी’को स्वरुप राजविराज गुञ्जायमान बन्यो।
कृष्ण जन्माष्टमीको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा निकालिएको भव्य रथ यात्रा साउण्ड र भक्तजनले यो गान उच्चारण गरिरहे। श्री कृष्ण जन्माष्टमी मुल समारोह समितिको आयोजना आइतबार दिउँसो निकालिएको रथ यात्रामा झण्डै दश हजार भक्तजनहरू सहभागी भए। रथ तान्दै सहभागी यात्राको भीड एक किलोमिटर लामो देखिएको थियो।
दिउँसो कृष्ण मन्दिरबाट निकालिएको रथले नगरपरिक्रममा गर्दै मन्दिरसम्म पुगेको थियो।
यात्रामा युवा, वृद्ध, महिला, बालबालिका सबै समुहका भक्तजनको सहभागिता देखिएको थियो। रथ यात्रामा जिल्लाको सदरमुकामसहित गाउँगाउँबाट भक्तजनहरू सहभागी हुन आएको समितिका बसन्त यादवले बताए।
‘अन्य बर्षको तुलनामा यस बर्ष बढी भक्तजनको सहभागीता देखियो,’ उनले भने, ‘सुरुवातको बर्षमा यात्राबारे जानकारी कम भएर पनि सहभागीता नम थियो, विस्तारै स्वरुप बढदै छ।’
समितिका अनिल यादवले यात्राले समाजमा एकताको सन्देश दिएको बताए। उनले भक्तजनहरूको लागि यात्रामा ठाउँठाउँमामा पानीको व्यवस्था स्थानीयले गरिएको बताए।
रथयात्रामा सुरक्षाको दृष्टिकोणले ब्यापक प्रहरी परिचालन गरिएको थियो।















