विपिन यादव
राजविराज। सप्तरीेको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६महुलीमा निर्माण थालिएको हटियाको गिलेसनमा गुणस्तरहिन समाग्री प्रयोग भएको स्थानीयले दावी गरिरहेका छन् । स्थानीय व्यापारी तथा आमजनले बिहिबार पत्रकार सम्मेलन गर्दै सो काममा एकदमै गुणस्तरहिन समाग्री लगाएर पैसा पचाउने खेल भइरहेको आरोप लगाएका छन्।
गाउँपालिकाको ३० लाख रूपैयाँ बजेट बाट निर्माण थालिएको उक्त गिलेसनको छत ढलानमा गिट्टीको सट्टा बेसमेम्ट गिट्टी प्रयोग गरिएको स्थानीयले दावी गरेका छन्
सम्झौतामा असार १५ गतेसम्म कार्यसम्पन्न गर्न भनिएपनि २२ र २३ गते ढलान गरिएको बताए ।
गुणस्तरहिन समाग्री प्रयोग हुनथालेपछि स्थानीयले विरोध गर्दा समेत नमानी काम गरेको श्यामलाल चौधरीको गुनासो छ।
साउन १९ गते ल्याव परिक्षण गर्न लगिएको कोर कटिङ्गको जानकारी सार्वजनिक नहुँदा उनीहरूले मिलोमतोमा राम्रो काम प्रमाणित गर्ने आशंका लागेका छन्।
‘पैसाको बलमा रिपोर्ट परिवर्तन गर्ने हो की, नतिजा सार्वजानिक होस, काम पारदर्शी गरियोस्,’ स्थानीय उज्जवल अधिकारीले भने ।
उपभोक्ता समितिले विरोध गर्ने स्थानीयलाई प्रलोभनमा पार्ने प्रयास समेत गरेको उनीहरूले बताए।
उपभोक्ता समितिका अध्यक्ष मिश्री लाल महतोलाई सम्पर्क गर्न खोज्दा हुन सकेन्।















