Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मञ्चको वक्ता फेरौं

मञ्चको वक्ता फेरौं

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राजविराजमा युवा सम्मे‌लन्न भयो। वक्तामा मुख्यमन्त्री,‌पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका‌ नेताहरु थिए। कार्यक्रम अनुसार समय कम‌ थियो सबै अतिथिलाई बोल्ने मौका दिन आयोजक हच्किए, मिलाएर क्रम बनाए। तर मर्यादाक्रममा उपल्लो स्तरका वक्ताले कुरा राख्न सुरु गरेपछि एक जना पालिकाका प्रमुखले आवाज बुलन्द गर्दै बोल्ने मौका मागे।

आयोजकले मौका दिए तर दुई मिनेटमै सकाउन भने‌। मौका पनि नपाएर पाएपछि त उनी समयबारे केही बोलेनन् माइकमा आए, र कुरा राख्न सुरु गरे। जनप्रतिनिधि, कर्मचारी सबै भ्रष्ट छन् उनको वाक्य थियो सुरुवाती। त्यसपछि क्रमशः समस्याहरु सुनाउँदै गए दर्शकदिर्घामा बसकेको म उनी जनप्रतिनिधि रहेको बिर्सिए, निराश जनता जस्तै सुनिन्थ्यो। पछाडीबाट उद्घोषकले चिट दिएर समय सकेको बताउँदै थिए, यसरी नै कुराहरू राखेर उनले सक्काए। अर्को पालिका प्रमुख आए उनलाई क्षण एक मिनेटको समय दिएको उद्घोष भयो। उनले भाषण सुरु गरे, नेपालमा रहेको अवसर प्रदेश सरकार र संघ सरकारको चुकमाथि चुक गनाए। पछाडिबाट समय सकिएको चिट आयो, उन तातिए, ‘बोलाए छौँ भने बोल्न समय देउ, यसरी हुँदै‌न,’ भन्दै माइकमा केन्द्रित भए। फेरि त्यही राम कहानी, अन्ततः सकियो । पालो थियो अब संघमा कतिपटक सरकार हाकेर, वर्तमान सरकार नेतृत्व गरिरहेको पार्टीको एक उनको भनाइमा ‘बोनाफाइट कार्यकर्ता’ हामी नेता भन्छौँ । उनको भाषणको पहिल अंशमा आयो सरकारले काम गरिरहेको छ। त्यसपछि उनी देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै मधेशमा यसको विक्राल रुप रहेको कुरा । मधेश प्रदेशमा सरकारस्थिर रहेपनि आठ वर्षमा काम‌ नगर्न सकेको आरोपको पुलिन्दा बाँधे। फेरि केन्द्र सरकारको चर्चा थिएन उनको भाषणमा । मुख्यमन्त्रीले अन्तमा सम्बोधन गर्दा केही नैतिक कुराहरु राखे। हामी दोषारोपणमा मात्र सिमित भएका छौँ फटकार लगाउँदै मुख्यमन्त्रीले पनि विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारलाई एक दुई दोष लगाए दिए ।(नाम भन्दा काम महत्वपूर्ण रहेकोले नाम खुलाइएन)

सार्वजनिक तथा औपचारिक कार्यक्रमहरूमा प्रायः देखिने दृश्य यही हो, मञ्चमा जनप्रतिनिधि, नेता वा उच्चपदस्थ व्यक्तिको भाषण। भाषणमा राजनीतिक अनुभव, आफू अनुकूल कुरा,‌ आफ्ना समस्या, अरुको दोष, आफ्ना औपचारिक कार्यको प्रचारबाजी, उपल्ब्धीको नाममा गान, तर समस्या समाधानको उपाय कहिल्यै हुँदैन्।
नागरिकका आवाज, पीडा र प्रश्नहरू भने भीडमा हराएर जान्छन्। पत्रकारहरू पनि आफ्नो समाचारका लागि नेताको भाषणबाट उद्धरणयोग्य वाक्य खोजिरहेका हुन्छन्। तर ती वाक्यहरू प्रायः नेताको व्यक्तिगत अनुभव, राजनीतिक प्रतिद्वन्द्वीप्रतिको टिप्पणी तथा आफ्ना उपलब्धिको बखानमै सिमित हुन्छन्। जनताको वास्तविक पीडा, अनुभव र समाधानका सुझावहरू समाचारको मूल विषय बन्न सक्दैनन्। कारण वक्ता उनै हुन्छन, शब्द उनकै सुनिन्छ, आमजनको आवाज सुनिँदैन्, कारण हो बोल्न पाइँदैन्। समाचार बने उनको आवाज सरकारसम्म‌ पुग्थ्यो होला, त्यो एक अजुक माध्यम हो आवाज सुनाउने ।
विचार गरौं, यस्तोमा जनताको समस्या समाधान कसरी हुन्छ ? यसको लागि त बदलाब आवश्यक छ‌। हो, अबको समय औपचारिक कार्यक्रमको संरचना र संस्कार नै फेरबदल गर्ने हो। नेताको लामो भाषण, राजनीतिक भाषणबाजी र आत्मप्रशंसाभन्दा बढी, मञ्चले प्रत्यक्ष जनताको आवाजलाई प्राथमिकता दिनुपर्ने हो। मञ्चको पहिलो अधिकार जनतालाई दिनुपर्छ। जहाँ उनीहरूले आफ्ना समस्या, अनुभव र प्रश्नहरू खुलस्त राख्न सकून्। त्यसपछि मात्र जनप्रतिनिधिले ती प्रश्नको जवाफ दिनुपर्ने अभ्यास ल्याउनुपर्छ। यसर कार्यक्रम संवादमुखी र जनउत्तरदायी बन्छ।
सार्वजनिक कार्यक्रम वा सभामा जनप्रतिनिधिलाई‌ राखेर जनतालाई सुन्ने बनाउनुपर्छ। नागरिकले उठाएका प्रश्नको जवाफ तत्काल दिन सक्ने क्षमता र तयारी जनप्रतिनिधिमा हुनुपर्छ। यसरी प्रत्यक्ष जवाफ दिने अभ्यासले जनप्रतिनिधिलाई आफ्नो कर्तव्य सम्झाउने छन्।

हो यो ‘वक्तव्य क्रान्ति’ थाल्नुपर्छ। यो क्रान्तिले मञ्चको प्राथमिकता नेताबाट हटाएर जनतामा ल्याउँछ। समाचारको विषय जनप्रतिनिधि, उच्चपदस्थको बयान होइन, नागरिकको आवाज, प्रश्न अनुभव त्यसपछि जनप्रतिनिधिको जवाफलाई राखेर बनाउनुपर्छ ।

परिवर्तन सहज छैन्, यो क्रान्ति नै हुन्छ। नेताहरू लामो भाषणमा रमाउँछन् र त्यसैमा आफ्ना विचार प्रस्तुत गर्ने बानी परेका छन्। तर उनीहरूलाई बाध्य बनाउनुपर्छ प्रत्यक्ष जनताको प्रश्न सुन्न । उनीहरू प्रश्न सुन्छ अनि बल्ल आफ्नो काम सम्झन्छन्। धेरै बोल्ने, कम गर्ने बानी उल्टिन्छ।
लोकतन्त्रको शक्ति जनतामा छ र मञ्च त्यो शक्ति प्रकट गर्ने माध्यम हो। जबसम्म मञ्चमा बोल्ने अवसर केही नेताहरूमा मात्र सीमित रहन्छ, तबसम्म नागरिकको आवाज कमजोर हुन्छ। त्यसैले मञ्चका बक्ता फेर्नुपर्छ। मञ्चका वक्ता फेरिनु भनेको केवल व्यक्तिको अदलबदल मात्र होइन, संस्कारको परिवर्तन हो। वक्तव्यको शैली पनि फेरिनु हो। जनप्रतिनिधिले गैरजिम्मेवार, मनलाग्दो अभिव्यक्ति राख्नु होइन्, समाधानसहितको बयान दिनुपर्ने अभ्यास थाल्नु हो।पुरानो अभ्यासलाई छाडौं, मञ्चको वक्ता फेरौं।

लेखक :-प्रवेशकुमार मिश्र(बाबुल)

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology