क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार राजविराजमा पाँचौ जिल्ला सम्मेलन गरिएको छ। सप्तरी युथ नेपाल संस्थाले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा सप्तरीका सबै स्थानीय तहका युवाहरू सहभागी भएका थिए। सप्तरी युथ संस्थाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख थिए।
कार्यक्रममा सप्तरी युथका सत्येन्द्र यादव, नागरिक समाजका अध्यक्ष थान सिंह भन्साली, पत्रकार महासंघका उपाध्यक्ष रामनारायण विश्वास, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, रुपनीका अध्यक्ष दिनेश यादव, राजविराजकी कार्यवहाक नगरप्रमुख इसरत परविनले शुभकामना मन्तव्य राखे।
जिल्ला समन्वय समितिका अध्यक्ष शिव नारायण साह, एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल लगायका वक्ताले मन्तव्य राखे।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मोहन यादवले राखेका थिए।















