क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। अहिले जात–धर्मको नाममा नकारात्मकता तथा द्वेष फैलाउने कार्य समाजमा जोरका साथ भइरहेको छ। राजनीतिक फाइदादेखि व्यक्तिगत स्वार्थको लागि समेत अहिले जात–धर्म हतियारकै रुपमा प्रयोग भइरहेको छ,र त्यसमा मुख्य औजार हुन्छन् भर्खरका युवा। समाज यतिसम्मको नकारात्मक अवस्था धकेलिरहँदा राजविराजमा एक उदाहरणीय घटना भएको छ।
राजविराजमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्युभएको व्यक्तिको शनिबार दाह संस्कार गरियो। जसमा हिन्दुसँगसँगै स्थानीय मुस्लिम समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
राजविराज नगरपालिका–१ का लोकेन्द्र झाको दाह संस्कारमा स्थानीय मुस्लिम समुदायका धेरै जना सक्रिय भएर सहभागी भएका थिए। उनीहरूले शव व्यवस्थापनदेखि अन्त्येष्टि प्रक्रियासम्म समेत सघाउने कार्य गरेको देखिएको छ।
शुक्रबार भाइले बञ्चरोले हानेपछि दाइको मृत्यु भएको थियो। उनी हत्यापछि फरार रहेका छ्न्। प्रहरीले उनको खोजी गरिरहेको छ।















