राजु शर्मा
भारदह। कोशी ब्यारेजबाट पानीको बहाब २ लाख क्यूसेक नाघेको छ।
शनिबार राति ८ बजेको मापन अनुसार पानीको बहाब २ लाख ४ सय ३० क्युसेक पुगेको हो।
ब्यारेज प्रशासनका अनुसार मुख्य धाराबाट एक लाख ८७ हजार ७ सय ३० क्यूसेक पानी बगेको छ भने पूर्वी मुख्य नहरमा ६ हजार ५ सय क्यूसेक र पश्चिमी मुख्य नहरमा ६ हजार २ सय क्यूसेक पानी पठाइएको छ ।
पानीको बहाब निरन्तर बढी रहेको ब्यारेज प्रशासनले जनाएको छ।
यस अवस्थामा ब्यारेजका २८ वटा ढोका खुला राखिएको छ।















