क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी नेपालको सप्तरी जिल्ला अधिवेशनमा केदारको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ। उक्त प्यानलमा उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिव शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी, रामेश्वर कौडगिया र कोषाध्यक्ष अर्मेन्द्र कुमार यादव (अर्विन) छन् ।
यसअघि उमेश प्रसाद यादव नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको थियो ।
अधिवेशन मनोनयन दर्ताको समय सकिएको छ।यसैसँगै अधिवेशनमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ।















