Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारदह अस्पतालको अन्यौलता : प्रदेश की स्थानीय सरकार ?

भारदह अस्पतालको अन्यौलता : प्रदेश की स्थानीय सरकार ?

विपिन यादव

राजविराज म सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका-१स्थित रहेको भारदह अस्पताल नजिक दर्जनौं गाउँको लागि जिवनरक्षा स्थल हुनसक्ने प्रबल सम्भावना छ। त्यहाँबाट अर्को सुविधाजनक अस्पताल कम्तीमा २० किमी टाढामा‌ रहेकोले नजिकको दर्जनौँ गाउँका लागि सो अस्पताल अतिआवश्यक छ। तर अस्पताल प्रदेश वा स्थानीय सरकार कसले संचालन गर्ने अन्यौलपूर्ण स्थितिले अस्पतालको अवस्था दयनीय बन्दै गएको छ।‌
१० वटा इमर्जेन्सी बेड र १५ वटा वार्ड बेड रहेको यो अस्पतालमा नर्मल डेलिभरी र साधारण अप्रेशन बाहेक अन्य जटिल किसिमको उपचार हुन नसक्ने अवस्था रहेको छ। यस अस्पतालमा थप उपचारको व्यवस्था भए‌ यसले हजारौं नागरिकलाई सहज हुने सेवाग्राही बताउँछन्।

‘यो अस्पतालमा सबै सेवा भए धेरै सहज हुन्थ्यो, यहाँ उपचार नहुँदा विराटनगर धरान, राजविराज पुग्नुपर्छ धेरै टाढा हुन्छ ,’ एक सेवाग्राहीले भने, ‘यहाँ धेरै गाउँका मान्छेहरु आउँछन् तर सेवा पुर्ण छैन्।’

ओपीडी सेवाका हाल ४० देखि ५० जनासम्म दैनिकी आउने गरेका छन्।‌ यसबिचमा सेवा प्रभावित भएकोले बिरामीको चाप घटेको छ। यद्यपी पहिला यहाँ एक दिनमा‌ एक सय जना भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनको भनाई छ।
सरकारले ध्यान नदिँदा अस्पतालमा औषधि र ल्याबमा प्रयोग हुने रासायनिक सामग्रीको अभावले सेवा सुचारु गर्न समस्या भएको छ। अस्पतालमा हाल २२ जना प्रदेश सरकारद्वारा करार कर्मचारी खटाइएका छन् भने १४ जना करारमा नगरपालिकाबाट छन्। ११ जना स्थायी कर्मचारी स्थानीय सरकारबाट खटिएका छन्। तर अस्पताल कुन सरकार मातहत रहेको अन्यौलताले अवस्था जिर्ण वन्दै गएको‌ छ।

प्रदेशबाट पठाइएका कर्मचारीको पत्रमा शहिद राजिव–रामकृष्ण प्रादेशिक अस्पतालको नाममा आउने गरेपनि अस्पताल प्रदेश अन्तर्गत गाभिएको भनेर कुनै औपचारिक पत्र अस्पतालाई प्राप्त नभएको सुचना अधिकारी धर्मेन्द्र खड्गा बताउँछन्। पहिला प्रदेश र नगरपालिका दुवैले अस्पतालमा औषधि आपूर्ति गर्ने गरेपनि हालको अन्यौलपूर्ण स्थितिले स्थिति जटिल बनेको छ।‌

अस्पतालमा हाल नजिकका दर्जनौं गाउँका साथै सुनसरी जिल्लाका बासिन्दा समेत आउँछन्। अस्पताल कसको मातहतमा रहने भन्ने अन्यौल हटाउन प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर स्पष्ट रणनीति नबनाए भारदह अस्पतालको अवस्था झनै जटिल बन्दै जाने निश्चित छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology