क्रान्ति केन्द्र सम्वाददाता
Oराजविराज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल बजेट संसोधन गरि पानीको समस्या सामाधान गर्न बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।
जसपा नेपालको सप्तरीमा प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले ६० प्रतिशत जनसंख्या रहेको मधेशमा ११ प्रतिशत बजेट दिएर सरकारले विभेद गरेको बताए ।
यसरी बजेट विनियोजनले कहिले पनि विकास सम्भव हुन नसक्ने उनके जिकिर गरे।
वर्तमान सरकार काम गर्न असक्षम भएकोले समर्थन फिर्ता लिएको बताए। उनले वर्तमान सरकारलाई पर्दा पछाडीबाट विचौलियाले चलाइरहेको आरोप समेत लगाए।
खडेरीको प्रधानमन्त्रीले गर्ने हवाइ अनुगमनले समाधान नहुने कटाक्ष गर्दै उनले चुरे संरक्षण गर्न सरकारसँग माग गरे। चुरेलाई संरक्षित क्षेत्र बनाउनुपर्ने उनको माग छ।
मधेश ८ जिल्लाको मात्र नभएकोले मेचीदेखि महाकालीसम्मको मधेशलाई एकीकरण गर्न जसपा नेपालले एक आन्दोलन गर्ने उनले बताए।















