क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको रुपनी गाउँपालिका–२ मा शनिबार सिटि चार्ज गर्ने बेला करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। मृतकहरूमा स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र ३५ वर्षीया रामकुमारी खंग रहेका छन्।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रुपनीको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले मृतकका शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको छ।प्रारम्भिक अनुसन्धान अनुसार सिटि चार्ज गर्ने क्रममा लापरवाहीका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।















