Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, शाखा कार्यालय कल्याणपुरले सप्तरीको खडक नगरपालिका–७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मझौलाई शुद्ध पिउने पानीको मेसिन (RO फिल्टर) प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीलाई लक्षित गर्दै गरिएको यस सहयोगले गुणस्तरीय शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको बैंकको भनाइ छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका कलस्टर प्रमुख प्रकाश नेपाल, शाखा प्रमुख फिरोज अहमद, कर्मचारीहरू परीबेश मिश्र र संजिव गुप्ता तथा विद्यालयका प्रधानाध्यापक किशोर कुमार चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख फिरोज अहमदले बालबालिकाको स्वास्थ्य र विकासप्रति बैंक सदैव संवेदनशील रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। “शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको मेरुदण्ड हो। यी दुई क्षेत्रमा लगानी गर्नु भनेको भविष्यमा समृद्ध राष्ट्र निर्माणतर्फको लगानी हो,” अहमदले भने।

कलस्टर प्रमुख प्रकाश नेपालले विद्यालयमा पिउने पानीको उचित व्यवस्था नहुनाले विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै आरओ फिल्टर जडान गरिएको जानकारी दिए। “हामी बैंक मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हौं,” उनले थपे।

विद्यालयका प्रधानाध्यापक किशोर कुमार चौधरीले सिटिजन्स बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयमा शुद्ध पिउने पानीको सुविधा अभाव रहेको र उक्त मेसिनले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “हामीजस्ता ग्रामीण विद्यालयमा यस्ता सहयोगले ठूलो अर्थ राख्छ,” चौधरीले भने।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न विद्यालय, स्वास्थ्य चौकी, सार्वजनिक स्थलहरूमा सहयोग गर्दै आएको छ। यस किसिमको सहयोगले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सघाउने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्रामीण क्षेत्रका सामाजिक संस्थाहरूमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको सिटिजन बैंकका कर्मचारी परीबेश मिश्रले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology