क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी नेपालको बिष्णुपुर गाउँपालिका समितिमा विवाद चुलिएको छ। बिहिबार सुरू भएको अधिवेशनमा दुई वटा समिति गठन भएको छ।
पालिका भित्र अधिवेशनमा दुई जना अध्यक्ष पदको उम्मेदवार रहेका थिए।एक पक्षले पेलेर जिवछ मण्डलको अध्यक्षतामा समिति गठन गरेपछि अर्को पक्षले केदार यादवको नेतृत्वमा समिति गठन गरेको जसपा नेपालका स्थानीय नेता सत्येन्द्र यादवले बताए।
जसपा नेपालको जिल्ला अधिवेशन लगतै हुने भएकोले धमाधम पालिका अधिवेशन भइरहेको छ। पार्टीमा गुटउपगुट सुरु भएपछि पालिका अधिवेशनमा विवाद सृजना भएको छ।















