क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन पछिल्लो तीन घण्टादेखि कार्यालयमा थुनिएकी छन्।
कार्यवाहक नगरप्रमुखले निमित्त कार्यालय प्रमुख भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन आन्दोलनको प्रहरीको सहायतामा ताल्चा फुटाएर भित्र गएपछि अहिले भित्रै थुनिएकी हुन्। बाहिरबाट आन्दोलन गरिरहेका पक्षले तोडफोड गर्न थालेपछि उनीसहित केही वडाध्यक्ष र कर्मचारी भित्र थुनिएका छन्।निमित्तलाई हाकिम नबनाउने, नगरपालिकामा भ्रष्टाचार बढेको लगायका मागसहित निलम्बित नगरप्रमुख भिमराज यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ । ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।
आन्दोलनमा दुई पक्षबीच घम्साघम्सी र ढुंगामुढा समेत भएको छ । सुरक्षाको दृष्टिकोणले यहाँ ब्यापक प्रहरी परिचालन गरिएको छ।















