क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित ऊँ श्रृजन कृषि सहकारी संस्थाले सामुहिक रक्तदान कार्यक्रम गरेको छ संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार उक्त कार्यक्रममा आयोजना गरिएको थियो ।
रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमा संस्थाको कर्मचारी तथा स्थानीय युवाहरुले रक्तदान गरेका थिए। यसअघि पनि तेस्रो बार्षिक उत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि यसलाई निरन्तरता दिइएको छ।
संस्थाका व्यवस्थापक सम्बोध झाले २६ बर्षपछि गत बर्ष तिलाठीमा यसै संस्थाले सामुहिक रक्तदान गरेको बताए। उनले भविष्यको दिनमा पनि यसलाई निरन्तरता दिइने बताए। रक्तदानले कसैको जिवन रक्षा हुने भएकोले उनले सबै उमेर पुगेका व्यक्तिलाई आ-आफ्नो ठाउँमा रक्तदान गर्न आग्रह गरेका छन्।
















