क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। राजविराज नगरपालिकाको गाडी ठक्करबाट घाइतेको आफन्तले न्यायको माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। नगरपालिकाको सरकारी गाडीको ठक्करबाट घाइते भएका बोदेबरसाईन नगरपालिकाका-१ राजेश यादवको आफन्तले बुधबार राजविराज नगरपालिकामा उपचार खर्चको माग गर्दै धर्ना दिएका हुन्। विराटनगरको एक अस्पतालमा पाँच महिनादेखि राजेश भर्ना रहेको छ। नगरपालिकाले उपचार खर्च नदिँदा अस्पातालबाट राजेशलाई ल्याउन नसकेको उनको बुबा रघुनाथ यादवको गुनासो छ।
नगरपालिकाले उपचार खर्च नदिँदा अस्पातालले दुई महिनादेखि राजेशलाई लग्न भनेपनि ल्याउन नसकेको उनको ठुलो बुबा बैजनाथ यादवको भनाई छ। एक पटक २ लाख रूपैयाँ दिएपनि अस्पातालको बिल २७ लाख भएकोले बाँकी २५ लाख तिर्न नसक्दा उनी अस्पातालमै छन्। कार्यवहाक नगरप्रमुख इसरत परविनलाई पटकपटक भनेपनि वास्ता नगरेको उनको भनाई छ। कार्यवाहक प्रमुखले सो दिन गाडी चढेका वडाध्यक्ष अरूण यादवलाई भन्नु भन्दै पीडित परिवारलाई आलटाल गर्ने गरेको गुनासो छ। घाइतेको बुबा रघुनाथ यादवले चार दिनमा छोरालाई डिस्चार्ज गराएर नल्याए दिए राजविराजको नगर उपप्रमुखको घरमा आफुले फाँसी लगाउने चेतावनी दिएका छन्।
गत २०८१ माघ १ गते राजविराज नगरपालिकाको स १ झा ४८१ नम्बरको चार चक्के गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राजेश यादव गम्भीर घाइते भएका थिए।















