क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवाहक सचिव कृष्ण कुमार मण्डलमाथि भएको अभद्र व्यवहारप्रति पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले विरोध जनाएका छन्।
सन्तोष कुमार चमनले सामाजिक संजाल मार्फत दिएको उनीमाथि गरेको अभद्र टिप्पणीको विरोधमा संस्थाहरुले विज्ञप्ती जारी गर्दै पत्रकार सुरक्षाको माग गर्दै दोषीलाई कारवाही गर्न आग्रह गरेका हुन्।
प्रेस चौतारी मधेश प्रदेश समिति, प्रेस मञ्च नेपाल सप्तरी, समाजवादी प्रेस संगठन नेपाल सप्तरीसहितका विभिन्न संघ संस्थाले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
समाचार लेखेकै कारण पत्रकार मण्डललाई दिएको धम्की प्रेस स्वतन्त्रता विरोधी कदम भएको विज्ञप्तिमा उल्लेख छ।
सप्तरी जिल्ला अदालत भित्र लेखापढी व्यवसायीको दर्खास्त फारम भर्न गैरकानुनी रुपमा जिल्ला बारका काेषाध्यक्ष निलम कुमारी यादवले रु ११० रुपैयाँको साटाे रु ५११० लिएको समाचार पत्रकार मण्डलले सार्वजनिक गरेपछि बहिनीले गरेको अनियमितताको ढाकछोप गर्न चमनले उनीप्रति समाजिक सञ्जालमा टिप्पणी गरेका थिए।















