क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी नेपालको तिलाठी कोइलाडी गाउँपालिकामा २५ सदस्यीय कमिटि गठन गरिएको छ।
पार्टीको अभियान अन्तर्गत मंगलबार तिलाठी कोइलाडीमा रमेश मुखियाको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरिएको हो।
समितिको उपाध्यक्षमा सत्यनारायण मुखिया, माधव राय, सचिवमा शिवनाथ यादव, उप-सचिवमा निरञ्जन मंडल, सुशिल यादव र कोषाध्यक्षमा नितान्त सिंह चयन भएका छन्।
समिति सर्वसम्मतिले चयन भएको उपाध्यक्ष रायले बताए।
त्यस्तै सदस्यहरुमा सत्यनारायण यादव, हरिनारायण मंडल, दिनेश्वर मिश्र, गोसाइ यादव, रामनारायण यादव,श्याम नारायण साह, ललित कुमार मंडल, सरलेश कुमार मिश्र, रुपेश मंडल,संगिता देवी यादव,बन्दना यादव, शान्ति देवी राय, विजय मुखिया, ललित मंडल, संगिता मंडल, विनिता देवि खंग , रामप्रसाद सदा र अनु मुखिया रहेका छन्।















