क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीेको राजविराज नगरपालिका-१ चनौरामा एक महिलाले आफु र आफ्ना चार बर्षीय छोरालाई बिष सेवन गराएकी छन्। स्थानीय २५ बर्षीय काजल साफीले आइतबार दिएको बिषले उनको छोरा सौरभ साफी मृत्युको भएको छ भने काजलको अवस्था गम्भीर रहेको छ।
आइतबार साँझ बिषन सेवन गरेका उनीहरू उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो। तर त्यहाँ उपचार सम्भव नहुँदा उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो। त्यहाँबाट उनीहरूलाई थप उपचारको लागि विराटनगरको नोबेल अस्पताल पठाएकोमा छोराको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार काजलको नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।
प्रहरीको अनुसार घरायसी विवादका कारण उनले किरा मार्ने औषधि सेवन गरेको हो।















