विपिन यादव
राजविराज। जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।ठगी तथा अपराधिक विश्वासघात मुदामा उनलाई आइतबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।
ठगी तथा अपराधिक विश्वासघात मुदामा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सप्तरी प्रहरीलाई आएको पक्राउ पुर्जीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको एसपी खतिवडाले बताए।
यादवले पार्टीमा आर्थिक अपचलन गरेको भन्दै जनमत पार्टीले पछिल्लो समय उनलाई निलम्बन गरेका छन् ।