विपिन यादव
राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले जिल्लाको १८ वटै पालिकाहरुमा पालिका संयोजक तोकेको छ । जिल्ला कार्य समिति सप्तरीको बुधवार बसेको विस्तारित बैठकको निर्णय बमोजिम संगठन विस्तारको निम्ति सप्तरीमा पालिका संयोजकहरु तोकिएको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीले बताएका छन् ।
सप्तरी जिल्लाको क्षेत्र न.१ को सप्तकोशी नगरपालिकामा सिरज पोखरेल, कञ्चनरुप नगरपालिकामा रिता साह, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मञ्जु चौधरी, तिरहुत गाउँपालिकामा साधना विराजी, हनुमाननगर कंकालिनी नगरपालिकामा ललन मिश्रलाई संयोजक तोकिएको अध्यक्ष चौधरीले बताएखा छन् । त्यसैगरी सप्तरी क्षेत्र न. २ को तिलाठी कोइलाडी गाउँपालिकामा शैशव राजु, महदेवा गाउँपालिकामा उपेन्द्र मण्डल, छिन्नमस्ता गाउँपालिकामा ज्योतिष मिश्र, राजविराज नगरपालिकामा जय प्रकाश सिंहलाई संयोजक तोकिएको उनको भनाई छ । सप्तरीको क्षेत्र न. ३ को विष्णुपुर गाउँपालिकामा खेलानन्द साहु, रुपनी गाउँपालिकामा सि.एन. थारु, राजगढ गाउँपालिकामा दुनालाल ठाकुर, डाक्नेश्वरी नगरपालिकामा रुपेश साह र शम्भुनाथ नगरपालिकामा विष्णु प्रसाद गुप्तालाई संयोजक तोकिएको छ भने सप्तरीको क्षेत्र न. ४ को खडग नगरपालिकामा राज नारायण साह, बोदेबर्साइन नगरपालिकामा अनिल यादव, सुरुङ्गा नगरपालिकामा चन्द्रकान्त चौधरी र बलानविहुल गाउँपालिकामा रामसागर मण्डललाई संयोजक तोकिएको अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।