Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विनय आजाद : सिरहाको माटोमा अंकुरित न्यायका उन्नायक, एक विद्रोही पत्रकार

विनय आजाद : सिरहाको माटोमा अंकुरित न्यायका उन्नायक, एक विद्रोही पत्रकार

अर्जुन थपलिया 
मधेशमा ‘डोम’ एक जाति हो । तर, नेपाली भाषामा ‘डुम’, यसको अर्थ हुन्छ ‘अछुत’ । मधेशमा कथित अछुत बनाइएकाहरुमध्ये एउटा जाति हो ‘डोम’ । तर, पहाडमा कथित ‘पानी नचल्ने’ बनाइएका सबै जातिलाई ‘डुम’ भनेर सम्बोधन गरिन्छ । मधेशमा अन्य दलितहरु पनि छन् । तर, डोमसँग अति निकृष्ट प्रकारको छुवाछुत गरिन्छ ।

डोम हुनुको पीडा म एउटा सानो घटनाबाट दर्शाउँछु । मेरो घरमा छेउमा एउटा इनार छ, जुन अहिले सुक्यो । २०५७ सालतिर यही इनारबाट समग्र गुरुधाम गाउँले पानी पिउँथे । एक दिन निपानेका एक डोम जातिका व्यक्ति दिउँसो इनार छेउमा आइपुगे । उनले पानी मागे । मेरी बहिनी सम्झना थपलिया, जो अहिले सांसद छिन् । उनी इनारमै थिइन् । उनले भनिदिइन्, यो इनार तिम्रो पनि हो । तिमी पनि मनुष्य हौ । आफै पानी भरेर खाउ । डोम डराइरहेका थिए । नाइँनास्ती गर्दै थिए । तर, सम्झनाको क्रान्तिकारी कुरा सुनेर उनी उत्साही भए । इनारबाट आफैं निकालेर पानी पिए ।

यो दृश्य एक जना कथित उपल्लो जातकाले देखेपछि होहल्ला मच्चाए । डोमलाई एक दुई झापड पिटेछन् । डोम ज्यान बचाएर भागे । गाउँमा तत्कालै बैठक बस्यो । समाजले निर्णय गर्‍यो, डोमलाई इनार छुन अभिप्रेरित गर्ने थपलिया परिवारलाई नाकावन्दी लगाउने, इनार छुन नदिने, इनारको पानी सफा गर्ने, पूजापाठ गरेर चोख्याउने । यो निर्णय भएपछि हाम्रो परिवारले २४ घण्टासम्म इनार छुन पाएन । खानेपानीको एक मात्र साधन त्यही मात्र इनार भएकोले २४ घण्टासम्म हामीले २ किलोमिटर पर निपाने गाउँबाट पानी ल्याएर खायौं ।

म सप्तरीमा दलित आन्दोलनको नेतृत्व गर्दै थिएँ । मलाई खबर भएपछि म घरमा आएँ । मेरी आमाले भन्नुभयो, ‘तिमीहरुलाई क्रान्ति चाहिएको छ, परिवर्तन चाहिएको छ, लौ भन अब गाउँमा बिना पानीको कसरी बाँच्ने ? हामीलाई नै अछुत डोम बनाइदिए ।’ मैले बोल्नै नपाई मेरा पिताले आमालाई सम्झाउँदै भन्नुभयो, ‘लौ भन त, २४ घण्टा पनि पुगेको छैन हामीलाई डोम बनाएको, हामी कसरी बाँच्ने भनेर सोच्न थाल्यौं, ५ हजार वर्षदेखि डोम बनाइएका ती डोमहरु कसरी जीवित छन्, कस्तो छ उनीहरुको जिन्दगी ?’ वास्तवमा जसरी डोम अभाव र निकृष्ट अपमान सहेर बाँच्नु परेको छ, त्यसरी २४ घण्टामात्र बाँचेर हेर्नुस्, तपाईले कि त आत्महत्या गर्न विवश हुनुहुन्छ कि बन्दुक बोकेर जंगल पस्नुहुन्छ ।

साँझ गाउँमा फेरि बैठक भयो । बैठकमा मैले भनेँ, ‘मदन भण्डारीले प्रशिक्षण दिएको कोअर्डिनेशन कालदेखिको समुच्चा एमालेको लालकिल्ला भएको यो गाउँमा यस्तै हो त तपाईहरुको चेतनास्तर ? अनि कानूनले अब छुवाछुतलाई वर्जित गरेको छ । तपाईहरु सही बाटोमा नफर्किए म कानूनी बाटोमा जान्छु । संघर्षको मैदानमा त म छँदैछु ।’ त्यसपछि नाकावन्दी खुल्यो । हामीले इनार छुन पायौं । हामो परिवारले २४ घण्टासम्म डोम हुनुको पीडा भोगेको छ ।

जसलाई मर्म पर्छ, त्यसको सही मर्मस्पर्शी त्यही व्यक्ति हुन्छ । तर, अर्कालाई परेको मर्मको मर्मस्पर्शी हुन अद्वितीय प्रतिभा र विद्रोही चेत चाहिन्छ । राज्य र समाजले इतिहासको लामो कालखण्डदेखि ‘पानी नचल्ने’ बनाइएका जातजातिहरुले कथित अछुत हुनुको अपमान र पीडा भोगेको मर्म बुझ्न ‘विनय आजाद’ जस्ता संवेदनशील र चेतनास्तर उठेको पत्रकार चाहिन्छ ।

समाज र सामाजिक सवालहरुको विश्लेषण गर्न नसक्ने पत्रकारहरुले मात्र दुर्घटनाको समाचार लेख्न सक्छन् । ‘फइभ डब्लु, वान एच’को फर्मुला पछ्याउँदै आफूलाई एउटा गोल्टिनमा बन्द गरिदिन्छन् । कुनै नेता, अभिजात्य वर्ग, तस्कर, अतिरिक्त कमाई गर्न चाहने व्यपारी वा भ्रष्ट प्रशासक र प्रहरीको विरुदावली लेखेर चाटुकारिता गर्छन् । पत्रकारकैविरुद्ध सुराकी गरेर ख्वामितहरुको सेवा गर्छन् । एउटा भ्रष्ट जनप्रतिनिधिको बडाईमा रिपोर्ट बनाएर टेलिभिजनमा प्रसारण गर्छन्, अनि केही हजार पारितोषिक लिन्छन् । त्यस्तालाई कलमघिस्सु हुनुमै गर्व छ ।

ज्ञान छैन, लेख्न आउँदैन । तर, कृत्रिम बौद्धिक डिजिटल मेसिन (आर्टिफिसियल इन्टेलिजेन्स) बाट लेख्न लगाएर समाचार सम्प्रेषण गर्छन् । नगरपालिकाहरुको सेवा गरेर विज्ञापनको छाल्ही खान्छन् । काम गर्ने मिडिया हाउसले तलब दिन सक्दैन । उसलाई जिल्लामै उठाएर खाउ भनिएको हुन्छ । उसले आफूलाई त्यही अनुसार ढाल्छ र पेट्टुमल बन्छ । त्यस्ताहरुले दीपक मल्लिकको घर भत्काइएको समाचार लेख्ने विनय आजादलाई पनि ‘पैसा खाउँ, नलेखौं’ भनेर फकाउने निरर्थक प्रयत्न गर्छन् ।

त्यस्ता पत्रकारलाई २१सौं शताब्दीको समाज, राज्य प्रणाली, वैश्विक द्वन्द्व, समाजको वर्गीय स्वरुप, विभेद, असमानता, गरिबीको कुचक्र र मानव–मानव बीचको जैविक तथा समाज शास्त्रिय सम्बन्धबारे केही पनि पर्घेल्नु छैन । अध्ययन र जीवन पर्यन्त निरन्तर सिकाईसँग कुनै वास्ता छैन । वैंशालु उमेरमा आफ्नै पिठ्यु हेरेर आफैलाई घोर्ले देख्ने यी पत्रकारहरुका लागि पत्रकारिता टिकटकमा पोष्ट गर्ने एक रोमान्स हो । यसमा मंहगो रेष्टुरन्टमा बसेर सुस्वादु मान्साहारी भोजनसहित ‘सुरा’को चुस्की लिने लालित्य छ । अहिलेको पत्रकारिताको दुर्भाग्य यही हो । यस्ता पत्रकारले समाजलाई घोर निराशातर्फ धकेलेको छ ।

तर, पत्रकार विनय आजाद समाजमा आशाको जुनकिरी बनेका छन् । समाजमा औरहीका दीपक मल्लिकजस्ता भित्तामा घचेटिएका वर्गले विनय आजाद जस्ता होनहार युवा पत्रकार पनि देखेका छन्, जसले मानव मर्यादा र सामाजिक न्यायका लागि अहोरात्र कलम चलाएका छन् । ज्यानको बाजी थापेर अविराम लेखेका छन् । लोभ लालच, जात कुटुम्ब र धम्की सबैलाई पन्छाएर पत्रकारिताको धर्म निर्वाह गरेका छन् । सवाल उठाएपछि तार्किक निष्कर्षमा नपुर्‍याएसम्म निरन्तर पछ्याएका र लेखेका छन् । उनले औरहीका दीपक मल्लिकलाई कथित अछुत भनेर उनको घरमा डोजर चलाउनेका विरुद्ध कलम चलाएर समाजमा ‘न्यायका उन्नायक’ बनेर देखाएका छन् । हजारौंमा एक निस्कछन्, विनय आजाद । उनी सिरहामा प्रकट भएका छन् ।

पत्रकार आजाद, उमेरले छतौरे भन्न सुहाउने । तर, विद्रोही चेतनाले परिपक्व । आजाद पत्रकारिता र सवालबीच एक आपसमा अन्योन्याश्रय सम्बन्ध हुन्छ भन्ने संवेदनशीलता बुझेका पत्रकार हुन् । समाज र पत्रकारको सम्बन्ध सवालमा आधारित हुन्छ । एउटा प्रतिभाशाली, तीक्ष्ण र प्रखर पत्रकारले राज्यको नीति र त्यसको आधारमा निर्माण भएको समाजको असमान बान्की राम्ररी ठम्याएको हुन्छ । म त्यो प्रतिभा र कुसाग्रता विनय आजादमा देख्दैछु । शोषण, दमन, उत्पीडन, सामाजिक न्याय र मानव अधिकारको हनन् तथा शक्ति संतुलनमा पछाडि पारिएका वर्गहरुप्रतिको मत्स्य न्यायले समाजलाई विरुप पारेको घटना र दृश्यले आजादलाई भत्भती पोल्छ ।

चिन्तालाई चिन्तनमा बदलेर समाधानसहितको सौन्दर्य शब्द चित्र कोरेर समाजलाई मार्गदर्शन गर्न सक्ने पत्रकार हुन्, आजाद । पत्रकारिताको माध्यमबाट कमजोर वर्गको न्यायका लागि पैरवी गर्ने आजादको कटिवद्धता सराहनीय छ । न्याय र समानतामा आधारित समाजको परिकल्पनालाई मनमा राखेर पत्रकारिता गर्ने पत्रकार सिरहाको माटोमा अंकुरित भएका छन्, उनी हुन् आजाद । समाजलाई यथास्थितिमा राख्नेहरुकाविरुद्ध न्याय र समानताका पक्षमा कलम चलाउने एक विद्रोही चेतका धनी पत्रकार विनय आजादको अभ्युदयका लागि सिरहालीहरुलाई बधाई छ ।

युवा वयमा कदम राखेका पत्रकार विनय आजाद फगत एक व्यक्तिबाट एक महत्वपूर्ण व्यक्तित्वतर्फ अग्रसर भएका छन् । दीपक मल्लिकप्रति भएको मत्स्य न्यायको घटनामा उनको सहासिक अडान प्रशंसा गर्न लायक छ । यो मात्र होइन, विनयले लेखेकामध्ये कतिपय यस्ता समाचारहरु छन्, जसले सिंगो पत्रकारिता क्षेत्रकै साख शिखरमा पुर्याउने काम गरिरहेको छ । आजादले अन्यायमा आधारित मुर्दाशान्तिको कुरुपता र न्याय तथा समानतामा आधारित समाजको सौन्दर्यलाई खुट्याएका छन् । यसैको आधारमा पत्रकारले आफ्नो लेखाईमा ‘सोसल इन्जिनियरिङ्ग’को परत केलाउँछन् ।

विनय भाइ, चरा आकाशमा उडिरहँदासम्म सुन्दर देखिन्छ । हातमा समाएको चरा कुरुप देखिन्छ । त्यसको मुख्य कारण के हो भने ‘स्वतन्त्रता, आजादी’ । भाइको उपनाम नै आजाद छ । यो आजादी कहिल्यै नबेच्नु, नगुमाउनु । मानवताको सबैभन्दा सुन्दर पक्ष नै आजादी हो । सिरहाको पत्रकारिताको आकाशमा एक अविस्मरणीय नक्षत्र हुनु । शुभकामना ।

यो आलेख दावानल डटकमबाट साभार गरिएको हो । यसका लेखक  अर्जुन थपलिया दावानलका सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology