क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मधेश प्रदेशका पुर्वमन्त्री शैलेन्द्र प्रसाद साहले अहिले संघीयताको समिक्षाको समय आइनसकेको बताएका छन्।
प्रेस मंच नेपाल जिल्ला सप्तरीको दोस्रो अधिवेशनमा बिहिबार सम्बोधन गर्दै उनले यति कमसमयमा संघीयताको समिक्षा गर्ननहुने बताएका हुन। राजनीतिक दलहरूले सही तरिकाले संघीयता कार्यान्वयन गर्न नसकेकोले जनता असन्तुष्टि देखिएको उनको भनाई छ।
उनले राजनीतिक विचारधारा मिल्ने पत्रकारले पनि स्वतन्त्र पत्रकारिताकँग कतै कम्प्रोमाइज नगर्न आग्रह गरे।
यद्यपी उनले गणतन्त्र संघीयताको पक्षमा कलम मार्फत वकालत गर्न पत्रकारलाई आग्रह गरेका छन्।
‘तपाईहरू मेरो पक्षमा वा कुनै राजनीतिक दलको पक्षमा लेख्नुस् भन्दिन, स्वतन्त्र भएर काम गर्नुस् तर गणतन्त्र र संघीयताको पक्षमा वकालत गर्नुस्,’ उनले भने।
दोस्रो अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि तथा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ। जिल्ला कार्यसमिति अध्यक्षमा धर्मपाल राउत, उपाध्यक्षमा रुपेश कुमार यादव, सचिवमा प्रवेश कुमार मिश्र, सहसचिवमा रामशंकर भण्डारी र कोषाध्यक्षमा आनन्द मोहन शर्मा सर्वसम्मतिले चयन गरिएको प्रेस मंच नेपालका महासचिव अवधेशकुमार झाले बताए।
उनले सदस्यहरूमा उमेश कुमार साह, रविन्द्र यादव, विपिन यादव, रामनाथ चौधरीलाई चयन गरिएको बताए।