क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१तिलाठीमा चन्दन झा स्मृति क्रिकेट टुर्नामेन्ट सुरु भएको छ।
शनिबार टुर्नामेन्टको औपचारिक रुपमा उद्घाटन भएको हो।तिलाठीमा क्रिकेटको नेतृत्वकर्ता मानिने चन्दन झाले ग्रामीण क्रिकेटको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका थिए। आफ्नो बाल्यकालदेखि युवाअवस्थामा क्रिकेटमा लगाएका उनी तिलाठी गाउँका युवा खेलाडीको लागि प्रेरणाको स्रोत रहेको स्थानीय बताउँछन्।
संघीयतापछिको दुई स्थानीय निर्वाचनमा उनी तिलाठीको वडा सदस्य समेत निर्वाचित भएका थिए। उनको असमायिक निधन भएपछि यसवर्ष उनको स्मृतिमा तिलाठीमा क्रिकेट टुर्नामेन्ट सुरु गरिएको स्थानीय वडाध्यक्ष दिनेश्वर मिश्रले बताए।
प्रतियोगितामा भएको पहिलो खेलमा राजदेवी टिमलाई पराजित गर्दै नर्घो विजय भएको प्रतियोगिताका संयोजक सुमित मिश्रले बताए।
आयोजक समितिका अनुसार यस प्रतियोगितामा नेपला र भारतबाट गरि ८ टिम सहभागी हुनेछ।