क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। फागुन १९ गते राजविराजस्थित गोदामबाट बरामद गरिएको २४ क्विन्टल १९ केजी गाँजा जलाएर नष्ट गरिएको छ।
राजविराज नगरपालिका -१५स्थित खाँडो खोलामा ८० बोरा गाँजालाई शुक्रबार आगो लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायको प्रतिनिधिको रोहबरमा गाँजा नष्ट गरेको हो।
गाँजालाई पुरेर नष्ट गर्दा उखालेर लग्ने सक्ने भएकोले जलाएर नष्ट गरिएको जनाइएको छ।
जलाउँदा वातावरणमा असर पर्ने सवालमा सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले अभ्यासमा यस्तै रहेकोले सोही अनुसार गरेको प्रतिक्रिया दिए।