क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। बिहिबारबाट संचालित एसईई परिक्षमा सप्तरीमा चार जना फरक क्षमताका विद्यार्थी सहभागी छन्।यहाँका चार केन्द्रमा तीन छात्र र एक छात्रा सहभागी छन्।
कोशी अनिरुद्ध माध्यमिक विद्यालयमा सञ्जना शर्मा परिक्षा दिइरहेकी छन्। उनको आखाँ देखिदैन्।पकरी गोठ माध्यमिक विद्यालयबाट सहभागी जितेन्द्र मंडलको पनि त्यही अवस्था छ। त्यस्तै इटहरी विष्णुपुर केन्द्रमा सहभागी शिवम यादवको मानसिक सन्तुलन बिग्रेको र हातको औँला काम गर्दैन्। भगवतपुर बरहारी माध्यमिक विद्यालय केन्द्रमा परिक्षा दिइरहेको धनेन्द्र यादवको दुई हात चल्दैन्। उनलाई नाशा सम्बन्धित समस्या रहेको छ
शिक्षा समन्वय एकाई सप्तरीका प्रमुख शशि कुमार यादवका अनुसार उनीहरूलाई कानुन बमोजिम सहयोगी दिइएको छ। दश भन्दा कम कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगले उनीहरूले परिक्षा दिइरहेका छन्।
सप्तरीमा ३७ केन्द्रबाट ८ हजार ७ सय ५६ जना विद्यार्थी सहभागी छन्।जसमा पहिलो दिन अंग्रेजीको परिक्षामा ८ हजार ४ सय ४४ जना सहभागी भएको प्रमुख यादवले बताए। परिक्षाको लागि ३७ जना केन्द्राध्यक्ष, ४० जना साहायक केन्द्राध्यक्ष र चार सय २० जना निरिक्षक खटाइएको छ। ६७ जना परिक्षा सहायक, एक सय ५४ जना कार्यालय सहयोगी र ५ सय ५५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।