क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिन्टेन्डेट (मेसु)मा प्रकाश साह आएको छ।
बिहिबार उनले अस्पातालमा हाजिरि गरेका हुन्। अस्पातालका कर्मचारीहरूले उनलाई अस्पातालमा भव्य स्वागत गरेका छन्। उनलाई एघार किलोको फुलको माला लगाएर कर्मचारीहरूले स्वागत गरे।
मेसु श्रीराम तिवारी काठमाडौं गएपछि एक महिनादेखि गजेन्द्रनारायण सिंह अस्पताल निमित्तके हाँकीरहेको थियो। फागुन २७ गतेको मन्त्रीस्तरीय निर्णयले साहलाई यहाँको मेसुमा पठाएको हो।