क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।असाध्यै पेट दुखिरहेको र रगत पनि बगिरहेको समस्या लिएर फागुन २९ गते सप्तरीकी एक महिला गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगिन्।३० बर्षीय उनलाई तीन जना छोराछोरी छ।चौथौ पटक गर्भधारण भएको थाहा पाएपछि उनले आफै बच्चा खसाउने औषधि खाएकी थिइन्।
दुई हप्ताको गर्भ औषधि खाएर झरेन्।औषधि खाएपछि उनलाई पेट दुख्ने र रगत बग्ने सुरू भयो।उनको उपचार गर्ने गजेन्द्रनारायण सिंह अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर संतोष कुमार साहले पाठेघर बाहिर बच्चा भएकोले नझरेको बताए।उनको अनुसार महिलाको भिडियो एक्सरे गरेपछि बच्चा पाठेघरमा नभएर अण्ड बाहिनि नलीमा रहेको बताए।
‘यो एकदमै संवेदनशिल अवस्था हुन्छ, यसमा रगत जमिसकेको थियो,तुरून्तै अप्रेशन गर्नुपर्ने भयो,’डाक्टर साहले भने।अप्रेशनमा लगभग एक लिटर जमेको रगत निकालेको डाक्टर साहले बताए।यस्ता अवस्थामा ज्यानैजाने खतरा पनि हुन्छ।केहीसमय अरू चेकजाँच नगराएको भए अण्डाशय फुट्ने अवस्था पनि आउन सक्ने अवस्था हुनसक्ने डाक्टरको भनाई छ।
यद्यपी डाक्टर साहको टीमले अप्रेशन गरेपछि तीन दिन अस्पताल बसाईपछि उनी घर फर्केकी छन्।डाक्टर साहले जाँचबिना गर्भ खसाउने औषधि नखान सल्लाह दिन्छन्।बच्चा पाठेघरमा भए झर्छ तर पाठेघर बाहिर भए यस्तै गम्भीर अवस्थामा पुर्याउँछ।